देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता देखियो : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता देखियो : नेता पौडेल

ramchandra poudel

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नुभएको छ । सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताउनुभएको हो । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

सभापति देउवालाई विधान मिच्ने बानि परिसकेको पौडेलले बताउनुभयो । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी पौडेलले गर्नुभयो । उहाँले भन्नुभयो ‘यो मिच्ने बानीप¥यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पु¥यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात ग¥यो, क्षती पु¥यायो र घायल बनायो ।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघि देखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताउनुभयो । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताउनुभयो । चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताउनुभयो ।

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढीसकेका छौं । महाधिवेशनमा प्रवेश गरिसकेका छौं । यसलाई क्रियाशिलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान फेरी यो त जालि कुरा हो नी । यस्तो गरेर पार्टीको बैधानिक मर्यादामाथि आँच पु¥याउन पाइन्छ ?’

पार्टीमा विधान मिचेको विषयलाई गम्भिरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताउनुभयो । अहिलेको केन्द्रीय समितिमा उहाँको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाण सहित विकल्प खोज्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफु नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पार्नुभएको छ । तर पार्टीले आफुलाई न्याय गर्नुपर्ने उहाँको भनाई छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताउनुभयो । पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पु¥याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ ।

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । कांग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफुले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको तर सरकारले तयारी नगर्दा अहिले संकट देखापरेको बताउनुभयो । सरकारले आइसियु, भेन्टीलेटर र आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था नगरी नागरिकलाई विचल्लीको अवस्थामा पु¥याएको पौडेलको भनाई छ । कम्युनिष्ट सरकारले कुनैपनि मानविय समस्याको समाधान गर्न नसक्ने दावी गर्दै उहाँले अहिलेको स्थिति कम्युनिष्टहरुको असफलताको नमुना भएको बटाउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);