नेविसंघको अनसनमा शेखर कोइरालाको ऐक्यबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेविसंघको अनसनमा शेखर कोइरालाको ऐक्यबद्धता

काठमाडाैं, १६ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनसनरत विद्यार्थीहरुलाई ऐक्वद्धता जनाउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधान विपरित नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनसनमा बस्नु परेको बताउनुभएको हो ।

नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधान विपरित काम गरिरहेको बताउनुभयो । उहाँले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताउनुभएको हो । उहाँले नौ वटा महामन्त्री बनाउनु भागवण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताउनुभयो ।

नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताउनुभयो । नेविसंघको नेतृत्वमा पार्टीले विधान विपरित मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिन देखि आमरण अनसनमा बसेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);