कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिंदै नेविसंघको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिंदै नेविसंघको नाराबाजी

तेजना पण्डित
काठमाडौं, १५ कात्तिक । नेपाल विद्यार्थी संघले शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिंदै नाराबाजी गरेको छ । नेतृत्व लामो समयदेखि रिक्त रहे पनि महाधिवेशन नगराएको भन्दै नेताहरुको विरोध गरी नेविसंघले पार्टी कार्यालयमा धर्ना दिंदै नाराबाजी गरेको हो । केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि नै विद्यार्थी नेताहरु पार्टी कार्यालयमा पुगी धर्नामा बसेका थिए ।

नेपाल बिद्यार्थी संघको १२ औँ महाधिबेसनको टुंगो अझै लागेको छैन । गत माघदेखि संघको नेतृत्व रिक्त छ । माघ २८ मा तत्कालिन नेतृत्वले राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको जिम्मा केन्द्रीय कार्यासमितिले पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

तर, ८ महिना बढिसम्म नेतृत्वबिहिन भएको नेपाल विद्यार्थी संघमा महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनको कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । उल्टै सभापती देउवाले विधान मिचेर ५० वर्ष पुगेका नेतालाई नेबिसंघको नेतृत्व दिन खोजेको आरोप विद्यार्थीहरुको छ ।

आगामी उपनिर्वाचनको लागि उम्मेदवार छनौटको प्रक्रियामा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दैछ भन्ने थाहा पाएका विद्यार्थी नेताहरु शीर्ष नेता पुग्नु अगावै पार्टी कार्यायमा पुगी धर्नामा बसेका थिए ।

धर्नामा बसेका विद्यार्थी नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा सानेपा पुग्नासाथ उहाँ विरुद्ध नाराबाजी गर्न थालेका थिए ।

धर्नामा बसेका विद्यार्थी नेताहरुको माग ३२ बर्ष उमेर नाघेको ब्यक्तीलाई नेबिसंघको नेतृत्वमा ल्याउन हुन्न भन्ने रहेको छ । ल्याएमा आमरण अनसन गर्ने चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् ।

तर पार्टीका केन्द्रीय नेताहरु भने अहिले चयन गर्ने नेतृत्व भनेको ११ औं महाधिबेसनको निरन्तरता भएको दावी गर्दै आएका छन् । बिधानमा व्यवस्था भएको उमेर हदबन्दी आगामी १२ औँ महाधिबेसनमा लागु गर्नैपर्छ भन्ने बाध्यता नरहेको केन्द्रीय सदस्य गुरुराज घिमिरेको भनाइ छ ।

गुरुराज घिमिरे नेविसंघका पूर्व सभापति हुनुहुन्छ । हाल पार्टीको केन्द्रीय सदस्य घिमिरे अहिले सभापति देउवाको पक्षमा वकालत गरिरहेको देखिन्छ । सभापति देउवाले ५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको भन्दै कुन्दन काफ्ले समूहका विद्यार्थीहरु अहिले पार्टी नेतृत्वको विरोधमा खुलेरै लागिरहेका छन् । उनकै नेतृत्वमा पार्टी कार्यालय सानेपामा धर्ना दिनुका साथै पार्टी नेतृत्व विरुद्ध नाराबाजी समेत गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);