बिघटन भएको १० महिना बितिसक्दा पनि नेविसंघले नयाँ नेतृत्व पाउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बिघटन भएको १० महिना बितिसक्दा पनि नेविसंघले नयाँ नेतृत्व पाउन सकेन

nabisang

काठमाडौं, ४ पुस । नेपाल विद्यार्थी संघ बिघटन भएको १० महिना बितिसक्दा पनि नयाँ नेतृत्व पाउन सकेको छैन् । नेतृत्व बिहिन अवस्थामा रहेको नेविसंघले पटक पटक नयाँ नेतृत्वको लागि शीर्ष नेतालाई दवाव दिँदै आएको छ ।

तर पनि गुुटबन्दीका कारण संघले नयाँ नेतृत्व पाउन सकेको छैन । उमेर हदबन्दी र गुटबन्दीको शिकार बनिरहेको नेविसंघ नयाँ नेतृत्वको लागि पार्टी कार्यालय सानेपामा धर्ना दिंदै आएको छ ।

नेविसंघको नेतृत्वका लागि एक पक्षले ३२ वर्षे उमेरहद कायम गर्न माग राख्दै आएको छ भने एक पक्षले ३२ वर्षमुनिकाले मात्र नेतृत्व गर्न पाउने माग राख्दै आएको छ ।

यही रस्साकसीका कारण नेविसंघले नेतृत्व पाउन सकेको छैन् । नेविसंघका असन्तुष्ट समूहले शुक्रबार तेस्रो दिन पनि पार्टी कार्यालयको मूल ढोकामै रिले अनसन बसी धर्ना दिएको छ ।

सभापति शेरबहादुर देउवाले नेविसंघको १२ औं महाधिवेशन गराउनका लागि भन्दै राजिव ढुंगानालाई संयोजक बनाउने लक्षण देखिएपछि विद्यार्थीहरु रिले अनसन थालेका हुन् ।

नेविसंघको बिधानलाई मिचेर ३२ वर्षे भन्दामाथिका व्यक्तिलाई नेतृत्व दिन लागेकाले रिले अनसन गर्नुपरेको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठी बताउनुहुन्छ ।

पार्टीले घोषणा गर्न लागेको तदर्थ समिति निर्माणका लागि आउने सदस्यहरु ३२ वर्षभन्दा माथिका आए पनि बिधान नमिचिने नेविसंघ डडेलधुरा जिल्ला सचिव हरिश महराको तर्क छ ।

नेविसंघको विवादले चर्को रुप लिएपछि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकमा नै नेविसंघबारे एजेन्डा पेश गर्नु भएको थियो ।

तर पनि नेविसंघको महाधिवेशनबारेमा सहमति हुन नसक्दा निर्णयमा पुग्न भने सकेको छैन । नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएपछि नेविसंघ नेतृत्वविहीन रहँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);