कांग्रेसभित्र विवाद चुलिदै, महाधिवेशव प्रभावित पार्न खोजेको देउवा इतरपक्षको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसभित्र विवाद चुलिदै, महाधिवेशव प्रभावित पार्न खोजेको देउवा इतरपक्षको आरोप

sher bahadur deuwa

काठमाडौं, २८ साउन । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा एकपक्षीय ढंगले पार्टीका विभाग गठन गरेपछि कांग्रेसभित्र विवाद चुलिएको छ ।महाधिवेशन प्रभावित पार्ने काम हुन थालेको भन्दै देउवा इतरपक्ष सभापति देउवासँग चिढिएको छ ।

पार्टी सभापति देउवामा पार्टी विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको वरिष्ठ नेता रामचन्द्र पौडेलको टिप्पणी छ । कांग्रेसको १४औं महाधिबेशन आगामी फागुन पहिलो साताबाट शुरु हुनेगरी मिति तय भैसकेको छ ।

महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा सभापति देउवाले आचारसंहिता बिपरित पार्टीका बिभिन्न बिभाग गठन र त्यसका सदस्यहरु मनोनयन गर्ने काम गरेर महाधिवेशन प्रभावित पार्न खोजेको देउवा इतर पक्षका नेताहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);