कांग्रेस पदाधिकारीको बैठक भोलि बस्दै, महाधिवेशनबारे थप निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेस पदाधिकारीको बैठक भोलि बस्दै, महाधिवेशनबारे थप निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका पदाधिकारी एवंम पूर्व पदाधिकारीहरुको सयुक्त वैठक आह्वान गरेका छन् । सभापति देउवाले शनिबार दिउँसो २ बजेका लागि आफ्नो बूढानीलकण्ठमा बैठक आह्वान गरेका हुन् । महाधिवेशनबारे थप छलफल गर्नका लागि शनिवार बैठक बोलाइएको देउवा निकट सा्रेतले जनाएको छ ।

सा्रेतका अनुसार बैठकमा कोभिडले पारेको प्रभावका साथै महाधिवेशन गर्ने नयाँ विकल्पको बारेमा समेत केन्द्रित रहने बताइएको छ । काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम हुन सकेको छैन ।

असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम निोडमा पुगेको छैन । अर्कोतिर कोरोना महामारीको प्रभाव र आन्तारिक पार्टी विवादले कार्यतालिका अनुसार काम हुन सकेको भनै छैन । तर कांग्रेसमा अव महाधिवेशन टार्न पनि कुनै छुट छैन ।

यस्को कारण हो पटक पटक सभापति देउवाले पनि महाधिवेशनप्रति प्रतिबद्ध छु भन्नु र अर्कोतिर पौडेलले पक्षको सभापति माथि दव दवाव परिरहनु । जेष्ठ २५ गते नै पार्टीको शीर्ष तहका महाधिवेशनबारे छलफल गर्ने देउवाको तयारी भएपनि नेता कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट नर्फिएकाले रोकिएको थियो । सिटौला फर्किएसँगै देउवाले शनिबारका लागि बैठक तय गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);