कांग्रेसको पदाधिकारी बैठक बस्दै, बैठक १४ औं महाधिवेशनमा केन्द्रीत हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, बैठक १४ औं महाधिवेशनमा केन्द्रीत हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

कांग्रेसका पदाधिकारी लयायत पूर्वपदाधिकारी समेत सम्मिलित हुने बैठकमा १४ औं १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने भएको छ । भदौ १६देखि १९ सम्म महाधिवेशन तय गरेको भएपनि अधिवेशन स्थगित गरिएसँगै महाधिवेशनको कार्यतालिका पनि प्रभावित भएको छ ।

महाधिवेशन अनिश्चित भएका बेला यसै सम्बन्धी ठोस निर्णयका लागि आजको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाईसकेको भएपनि अझै केही जिल्ला र विषयमा विवादमा कायम रहेकाले कांग्रेस महाधिवेशनको टुंगो लाग्न सकेको छैन ।

आजको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);