नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने राष्ट्रपतिको विश्वास

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरिकी छिन् ।

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित संख्या पूरा हुने लक्ष्यमा पुग्न लागेको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।

उनले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल संकल्प साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको उल्लेख गरेकी छिन् ।

राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको बताएकी छिन् ।

नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १ सय २१ बाट दोब्बर बढाई २५० पु¥याउने लक्ष्य राखेकामा हाल यो संख्या २ सय ३५ पुगिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);