आज अन्तर्राष्ट्रिय बाघ दिवस, नेपालमा पनि विविध कार्यक्रम गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आज अन्तर्राष्ट्रिय बाघ दिवस, नेपालमा पनि विविध कार्यक्रम गरिदै

आज सातौं अन्तर्राष्ट्रिय बाघ दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदै, सन् २०२२ सम्म बाघको संख्या २५० पु¥याउने सरकारी लक्ष्य ।

आज अन्तर्राष्ट्रिय बाघ दिवस

काठमाडौं । आज सातौं अन्तर्राष्ट्रिय बाघ दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी बाघ दिवस मनार्इंदै छ ।

दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन्यजन्तु सम्बद्ध विभिन्न संस्थाले विविध कार्यक्रम गर्दैछन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्र्रािष्ट्रय बाघ दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य निर्धारण गरेको थियो ।विश्वमा अहिले करिब साढे तीन हजारबाघ रहेको अनुमान छ ।

नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको देखिएको छ । संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा बाघको संख्या बढ्दै गएको हो ।

चार वर्षअघि भएको गणना अनुसार नेपालमा१ सय ९८ बाघ छन् । सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने सरकारी लक्ष्य छ ।

लक्ष्य पूरा गर्न संरक्षण अभियानलाई प्रभावकारी बनाइनुपर्ने सरोकारवालाहरुले बताएका छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);