कांग्रेस पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

पार्टी कार्यालय सचिव केशव रिजालका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ । आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ ।

यस्तै पार्टीका शीर्षस्थ नेता सम्मिलित बैठक सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);