भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तु शिल्प प्रतिविम्बित हुनुपर्ने: राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तु शिल्प प्रतिविम्बित हुनुपर्ने: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तु शिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी  छिन् ।

बैशाख १२ मा गोरखा केन्द बनाएर गएको भुकम्पको छैटौ स्मृति दिवसका अवसरमा आज सन्देश दिदै राष्ट्रपति भण्डारीले पुननिर्माणमा आफ्नै मौलिक वास्तुशिल्प प्रतिविम्वित गर्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको हो ।

नेपालको भौगोलिक अवस्था र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै उहाँले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिएकी छिन् ।

भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना समेत राष्ट्रपति भण्डारीले जारी गरेको संदेश उल्लेख छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);