पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा राष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा राष्ट्रपतिको जोड

rastrapati

काठमाडौं, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिनुभएको छ ।

पाँचौँ भूकम्प स्मृति दिवसको सन्दर्भ पारेर शुक्रबार दिनुभएको सन्देशमा राष्ट्रपतिले नेपाल भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

विक्रम संम्बत २०७२ वैशाख १२ गते ७ लशमलव ६ रेक्टरको विनाशकारी भूकम्प गएको दिनको स्मरण गर्दै राष्ट्रपतिले सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्दै अभियानका रूपमा भवन निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकृष्ट पनि गराउनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले भूकम्प स्मृति दिवसका अवसरमा दिनुभएको सन्देशमा पुनर्निर्माणका काम द्रुत गतिका साथ भइरहेको अवस्थामा अदृश्य शत्रुका रूपमा विश्वमा फैलिइरहेको कोरोना भाइरस विरुद्धको लडाइँका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका काममा पनि गम्भीर असर परेको बताउनुभएको छ ।

भूकम्प र त्यसपछिका पराकम्पबाट झण्डै नौ हजार जनाले ज्यान गुमाउनुपरेको थियो भने मुलुकले करिब सात खर्ब रुपियाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको थियो ।

प्रधानमन्त्री ओलीले सन्देशमा विनाशकारी भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाएका सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्नुहुँदै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);