विनाशकारी भूकम्पको ५ वर्ष पूरा, पुनर्निर्माणको काम अझै बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विनाशकारी भूकम्पको ५ वर्ष पूरा, पुनर्निर्माणको काम अझै बाँकी

bhukampa

काठमाडौं, १२ वैशाख । आज विनाशकारी भूकम्प गएको ५ बर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले ८ हजार भन्दा बढीको ज्यान जानुका साथै ठूलो धनजनको क्षति गरेको थियो ।

विभिन्न भौतिक संरचनालाई भत्काएको थियो । सरकारले भूम्पपछिको पुन निर्माणका लागि राष्ट्रिय पुन निर्माण प्राधिकरण गठन गरेको छ । प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताउनुभएको हो ।

ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताउनुभयो । उहाँले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने उल्लेख गर्नुभयो । तर निजी आवासको पुननिर्माणका लागि बजेट अभाव हुन नदिने ज्ञवालीको भनाई छ ।

ज्ञवालीले विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुनर्निर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उल्लेख गर्नुभयो । उहाँले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुनर्निर्माणको काम प्रभावित नहुने समेत बताउनुभयो ।

ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताउनुभयो । उहाँले अहिले सम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति भएको उल्लेख गर्नुभयो । यस्तै भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ ।

प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);