९३ प्रतिशत पुन निर्माणका काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

९३ प्रतिशत पुन निर्माणका काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दावी

काठमाडाैं । २०७२ सालको विनासकारी भुकम्पबाट क्षतिग्रस्त भएका पुन निर्माणका काम ९३ प्रतिशत सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भुकम्प गएको ६ वर्ष पुगेको अवसरमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले शुक्रबार आयोजन गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसका कारण सिर्जित जोखिमहरुको व्यवस्थापना गर्दै प्राधिकरणले पुननिर्माण तथा पुनस्र्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको दावि गरेको हो ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुननिर्माण र पुनस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत सम्पन्न भएको बताए ।

त्यस्तै प्राधिकरणका सचिव मनिराम गेलालले ऐतिहासिक धरहराको पुननिर्माणको सम्पन्न भइसकेको र त्यसलाई थप व्यवस्थित पार्ने काम धमाधम भइरहेको बताए ।

६ वर्षको अवधिमा संरचनाहरुको पुननिर्माण मात्रै नभई गृणत्मक परिवर्तन समेत भएको करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी सृजना भएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);