एनसेलले लैनचौर मैदानको निर्माणतथा संरक्षण गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

एनसेलले लैनचौर मैदानको निर्माणतथा संरक्षण गर्दै

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाण्डौको लैनचौर मैदानको निर्माणतथा संरक्षणगर्दै छ । आयोजना अन्तर्गत निर्माणहुने खेल मैदान सहितको हरित उद्यानले स्च्छ र सफा सहर निर्माणमा योगदान पुर्याउने एनसेलले जनाएको छ ।

हरित उद्यान काठमाण्डौ महानगर पालिका वडा नम्बर २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । यो उद्यान५४ हजार ९ सय २१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।

एनसेल र काठमाण्डौ महानगर पालिका वडा नम्बर २६ ले उद्यान निर्माण तथा संरक्षणमा हस्ताक्षर गरिसकेका छन् । परम्परागत ढुङ्गेधारा, पार्किङ, शौचालय सुविधा, सोलार वत्तिको व्यवस्था लगायतको व्यवस्था गरिएको छ । हाल उद्यान निर्माणको लागि मैदान उत्खनन्को कार्य भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);