विराटनगरमा आज एनसेल मेला हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विराटनगरमा आज एनसेल मेला हुँदै

Ncell-logo

विराटनगर, पुस १५ । एनसेलको आयोजनामा आज विराटनगरमा एनसेल मेला हुँदै छ ।

एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशी साटासाट गर्न र फोरजीको अनुभव आदानप्रदान गर्न विराटनगरको हाटखोलामा मेला गर्न लागेको हो । मेलामा फोरजी थिममा आधारित रहेर मनोरञ्जनात्मक गतिविधि गरिने एनसेलले जनाएको छ ।

दर्शकहरुसामु शिव परियार, आशिष राना, कबवेभ र द एजले सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् । ११ बजे सुरु भइ साँझसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको एनसेलले जनाएको छ ।

एनसेलका अनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७को बिदाई र नयाँवर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ । पोखराबाट सुरु भएको यो मेलापुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);