चाडपर्वलाई लक्षित गरी एनसेलले ल्यायाे नयाँ अफर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

चाडपर्वलाई लक्षित गरी एनसेलले ल्यायाे नयाँ अफर

काठमाडाैं,१८ असाेज । चाडपर्वलाई लक्षित गरी एनसेल आजियाटा लिमिटेडले कुरै कुरामा उपहार योजना ल्याएको छ ।

आउँदै गरेको दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा भ्वाईस सेवा ग्राहिहरुकालागि ल्याईएको योजनामा एनसेलका सबै प्रिपेड ग्राहकहरुले अन नेट, अफ नेट वा अन्तराष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाईस सेवा प्रयोग गरी उपहार जित्न सक्ने एनसेलले जनाएको छ।

असाेज १८ बाट सुरु भएको योजना ८ हप्ता अर्थात मंसिर १३ सम्म लागु हुनेछ । योजनाबाट फाईदा लिनकोलागि एनसेलका प्रिपेड ग्राहकहरुले १७१०७ मा डायल गरी सहभागी हुन सक्ने छन् ।

योजनामा दैनिक धेरै कुरा गर्नेहरु मध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिने एनसेल आजियाटाले जनाएको छ ।

Leave a Reply