निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध छैन : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध छैन : मन्त्री भट्टराई

काठमाडाैं,१८ असाेज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको छ ।आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको हो ।

स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र स्थानान्तरण गर्ने कामको सुरुवात भएको उहाँले जानकारी दिनुभयो ।१९ सय हेक्टर क्षेत्रफल जमिनमा बन्ने एयरपोर्ट भएकाले कति रुख कटान हुन्छ भन्ने सम्बन्धमा गणना गर्ने काम भइरहेको मन्त्री भट्टराईको भनाइ थियो ।

विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम पनि लगानी बोर्ड मार्फत भइरहेको उल्लेख गर्दै उहाँले जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीकर्ताको रुपमा छनौट गरिसकेको बताउनुभयो । बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको हित र अन्य लाभलाई हेर्दा पनि निजगढ विमानस्थल निर्माणको काम छिटो सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले निजगढ विमानस्थलको निर्माण कार्यमा भइरहेको सुस्तता प्रति चासो देखाएका थिए । विमानस्थल निर्माणका लागि कति रुख काट्नुपर्ने हो त्यसको निक्र्योल गरी उच्च प्राथमिकताका साथ काम गर्न सांसदहरुले सुझाव दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);