अब मोवाइलमा निःशुल्क फेसबुक चलाउन पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अब मोवाइलमा निःशुल्क फेसबुक चलाउन पाइने

४ फागुन, काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् ।

अब मोवाइलमा निःशुल्क फेसबुक चलाउन पाइने

४ फागुन, काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् ।

‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना फेसबुक फ्रि सार्वजनिक गरेको छ ।

फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ ।

यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);