एनसेलले ल्यायो फोरजी ग्राहकका लागि ननस्टप अफर | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एनसेलले ल्यायो फोरजी ग्राहकका लागि ननस्टप अफर

ncell

काठमाडौं, २० भदौ । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले आफ्ना फोरजी ग्राहकहरुका लागि ननस्टप अफरहरु ल्याएको छ । एनसेलले आफ्ना फोरजी ग्राहकहरुका लागि ल्याएको ननस्टप अफर अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्र्दै अफरहरु ल्याएको हो ।

यो अफर अनुसार कर बाहेक मात्र १ सय रुपैयाँमा हप्ताभर नन्स्टप युट्युब, टिकटक वा फेसबुक चलाउन पाइने छ । युट्युब र फेसबुकको साप्ताहिक कम्बो प्याक मात्र रु १ सय ५०मा लिन सकिने छ । त्यस्तै ७ दिन र ३० दिनको प्याकमा थप एड अन डेटा लिन सकिने छ । फेसबुक, युट्यसब वा टिकटकका लागि २० रुपैयाँमा ३ हजार ५ सय एमबी फोरजी एड अन डेटा लिन सकिने छ ।

एनसेलले ल्यायो फोरजी ग्राहकका लागि ननस्टप अफर” मा प्रतिक्रिया

  1. राम्रै स्पीडमा चल्यो भने त वाइ फाइ भन्दा सस्तो पर्ने भएछ त । हुन त वाइ फाइ पनि कत्ति न फास्ट चल्ने हो र हुन त 😂😂

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);