एनसेलको नयाँ डेटा प्याक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौँ, २१ भदौ । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई द्रुतगतिको इन्टरनेट सेवा सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुरु गर्दा आफूले खरिद गरेको भोल्युमको प्याक बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सकिने पनि एनसेलको दावी छ । नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजेदेखि बिहान ५ बजेसम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । यो योजना भदौ २१ गतेदेखि ९० दिनको लागि लागु हुने र फोरजी बोनस ३० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);