फेसबुक र ट्विटर चलाउँदै राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फेसबुक र ट्विटर चलाउँदै राष्ट्र बैंक

rastra bank

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । जारी नयाँ सञ्चारनीति अनुसार बैंकले आफ्ना सूचनाहरुलाई फेसबुक र ट्विटरका माध्यमले सर्वसाधारण सम्म पुर्याउने भएको छ ।

राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले यो नयाँ रणनीति अख्तियार गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । सामाजिक सञ्जालका माध्यमबाट सम्प्रेषित सूचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन र स्थायित्वमा टेवा पु¥याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ नीति ल्याएको राष्ट्र बैंकले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।

बैंकले, ‘बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्नेछ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्नेछ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्नेछ ’ जारी नीतिमा उल्लेख गरेको छ ।

यसैगरि अब राष्ट्र बैंकका विभाग र महाशाखाका प्रमुखले पनि सञ्चारमाध्यम तथा सर्वसाधारणलाई सूचना दिन पाउने भएका छन् । प्रवक्तासँगको सहकार्यमा विभागीय प्रमुखले सूचना दिनसक्ने नीतिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);