वित्तीय संस्थाहरुलाई दियो राष्ट्र बैंकले नौ बुँदे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

वित्तीय संस्थाहरुलाई दियो राष्ट्र बैंकले नौ बुँदे निर्देशन

काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नौ बुँदे निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार विज्ञप्ती जारी गर्दै जोखिम न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कता सहित बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिएको हो ।

विभागले राष्ट्रबैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कारोबार गर्न भनेको छ । बैंकले क देखि घ वर्ग सम्मका सम्पूण बैंक तथा वित्तीय संस्थालाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको सबै मापदण्ड पालना गरी सेवा प्रवाह गर्न भनिएको छ ।

साथै सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने जनशक्तिलाई विशेष सजग हुन पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सेवा प्रवाहको क्रममा भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी बनाउन तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिइएको छ । त्यसैगरी एटिएम प्रयाोग गर्ने ठाउँको ढोका खुल्ला राख्न र अनिवार्य स्यानिटाइजर प्रयोग गर्न भनिएकोे छ ।

विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र सकेसम्म यस्ता कार्यक्रमहरु भर्चुअल गर्न पनि निर्देशन दिइएको छ ।

कर्मचारीहरुलाई समूहमा विभाजन गरी प्रत्यक्ष सम्पर्कमा नआउने गरी कार्यसम्पादन गर्ने वातावरण मिलाउने, सिफ्ट वाइज काम गराउने, घरैबाट काम गर्ने व्यवस्था मिलाउने र रिमोट एसेस जस्ता उपाय अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ ।

संक्रमणको शंका लागेकालाई तत्काल आइसोलेट गरी परीक्षण गर्न, कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई क्वारेन्टिनमा राख्न पनि निर्देशन दिएको छ ।

संस्थाहरुमा कोभिड–१९ व्यवस्थापन समूहको गठन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);