निफ्राका शेयरधनीले पाएनन क्रेता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निफ्राका शेयरधनीले पाएनन क्रेता

काठमाडौं, ११ फागुन । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा)को सोमबार भएको शेयर मुल्य ६६० मा आएर रोकिएकोमा मंगलबार मुल्य घटेर ५९४ मा झरेको छ । निफ्राको शेयर कारोबार खुले देखिनै निरन्तर १० प्रतिशतका दरले उकालो लाग्दै आएको मुल्य मंगलबार एकाएक १० प्रतिशतका दरले घटेर ५९४ मा रुपैयाँमा खुम्चन पुगेको छ ।

सोमबारसम्म निफ्राको शेयर खरिद गर्न चाहनेले बिक्रेता नपाएको अवस्था रहेको थियो भने मंगलबार भने बित्र्रेताले खरिदकर्ता नभेटेको अवस्था सिर्जना भएको थियो ।
सोमबारसम्म खरिदकर्ताको चाप बढि रहेको शेयर बजारमा मंगलबार भने बिक्रेताको चाप बढेको देखिएको थियो । सोमबारसम्म निफ्राको कारोबारको फ्लोरसिटले बिक्रीकर्ता शुन्य देखाइरहँदा यसको शेयर मुल्य अझै उकालो लाग्ने आंकलन गरिएकोमा मंगलबारको कारोबारले आंकलनलाई नै चुनौती दिंदै मुल्य खुम्चिएर ५९४ मा झरेको थियो ।

मंगलबार भएको निफ्राको कारोवारमा ११ः३० मै मुल्य घटेपछि सर्किट लागेको थियो । गत फागुन २ गतेबाट प्रति शेयर ३४० रुपैयाँका दरले कारोबार शुरु भएको निफ्राको शेयर फागुन १० गतेसम्म आईपुग्दा ६६० रुपैयाँ पुगेको थियो ।

मंगलबार भएको शेयर काराबारको शुरुवाती चरणमा आजै डाकिएको सुरक्षा परिषदको बैठकको असर समेत देखिएको थियो । सुरक्षा परिषदको बैठकले संकटकाल लाग्न सक्ने अफवाह फैलिएकै कारण मंगलबार बजार खुल्दा २६३२ अंकमा रहेको नेप्से सूचक ह्वात्तै घटेर १ बजेसम्ममा २५१९ अंकमा खुम्चिएको थियो । यद्यपी बजार बन्द हुँदासम्म यसमा केही सुधार भने देखिएको थियो । मंगलबारको बजार बन्द हुँदा भने नेप्से परिसुचक २५८६ दशमलव ५१ अंकमा पुगेर अडिएको छ ।

शेयर बजारमा मंगलबार ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोवार भएको छ । जुन पछिल्ला साताहरुमा भएको कारोवारको औसतमा केही बढि हो । मंगलबार भएको शेयर कारोबारमा गत सातासम्म पछाडि परेको व्यापार समूह २६ अंकले बढेको छ भने नेपाल फाइनान्स, अपी हाइड्रो, लिवर्टी इनर्जी कम्पनी, हिमालयन पावरको सेयर मूल्य ९ प्रतितशत भन्दा बढीले बढेको छ । १० प्रतिशत सेयर मूल्य घटेर सर्किट लागेको निफ्राको ७३ करोड ९४ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसलाइ पच्छयाएको माथिल्लो तामाकोसीले ४३ करोड ३९ लाखको ब्यापार गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);