मंगलबार उच्च अंकले बढेको नेप्से आज के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मंगलबार उच्च अंकले बढेको नेप्से आज के होला ?

काठमाडौं,३० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा उच्च अंकको वृद्धि भयो । सोमबार २२ अंकले बढेको नेप्से परिसचक मंगलबार ५८ दशमलव ५५ अंक अर्थात २ दशमलव ८५ प्रतिशतले बढेर २ हजार १ सय ११ दशमलव २१ विन्दूमा पुगेको हो ।

मंगलबार ४ अर्ब ५५ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ करोड ६ लाख ९ हजार बढी कित्ता शेयर खरिद विक्रि भएको छ । हिजो २ सय २० कम्पनीको शेयर मुल्य बृद्धि हुँदा २२ कम्पनीको भने शेयर मुल्यमा गिरावट आएको छ । ४ कम्पनीको भने शेयर मुल्यमा परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

मंगलबार ५ कम्पनीको शेयर मुल्यमा सक्रिट सकरात्मक लागेको छ । जनउत्थान सामुदायिक, उन्नती सहकार्य, विन नेपाल लघुवित्त,स्वाभिमान,जालपा लघुवित्तको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको हो । त्यसैगरी, मंगलबार हिमालयन ८०२० को शेयरमुल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । कम्पनीको मंगलबार २ दशमलव ५७ प्रतिशतले घटेको हो । मोलङु हाइड्रोपावर कम्पनीको पनि २ दशमलव ५३ प्रतिशतले शेयरमुल्य घटेको छ ।

मंगलबार सबै भन्दा शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको मंगलबार ३७ करोड १९ लाख २२ हजार ७८६ रुपैयाँ बराबरको शेयर कारोबार भएर शीर्ष स्थानमा परेको छ । नेप्सेको अनुसार शेयर कारोबारको तेस्रो दिन मंगलबार सोना कम्पनी सर्वाधिक कारोबार भएर दोस्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीको २४ करोड ९ लाख भन्दा बढी कारोबार भएको छ ।

आज सबै समुहको शेयर बढेकोमा जीवन बीमा,होटल्स तथा पर्यटन, विकास बैंक,माइक्रोफाइनान्स,उत्पादन तथा प्रशोधन समुहको शेयर उच्च अंकले वृद्धि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);