भूकम्प गएको चार बर्ष पूरा, पुन निर्माणका काम तीब्र गतिले भइरहेको पुननिर्माण प्राधिकरणको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भूकम्प गएको चार बर्ष पूरा, पुन निर्माणका काम तीब्र गतिले भइरहेको पुननिर्माण प्राधिकरणको दावी

bhukamp-4barsa

काठमाडौं, १२ बैशाख । बिहिवार विनाशकारी भूकम्प आएको ४ बर्ष पुरा भएको छ । २०७२ सालको विनाशकारी भुकम्पको त्रास सर्वसाधारणमा अझै हटेको छैन । पुन र्मिाण प्राधिकरणले भुकम्पले क्षति पु¥याएको संरचनाहरुको पुननिर्माणको काम तीब्र गतिमा भइरहेको दाबी गरेको छ । उता पुननिर्माण हुन बाँकी रहेका भग्नावशेषका कारण प्रभावित क्षेत्रका सर्वसाधारण अझै त्रास र समस्यामा छन् ।

विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्र बिन्दु बनाई गएको ७.८ रेक्टरको भुकम्प र त्यसपछिको पराकम्पले करिव ९ हजार मानिसको ज्यान गएको थियो । भुकम्पबाट ९ लाख ९६ हजार ५ सय २८ निजी घरहरु, ७ हजार ५ सय ५३ शैक्षिक संथा, १ हजार १ सय ९७ स्वास्थ्य संथा, ७ सय ५३ सांकृतिक संपदा, ४ सय १७ सरकारी भवन, ३८३ सुरक्षा निकाय भवन र ३ हजार २ सय १२ खानेपानी पुर्वाधारमा क्षती पुर्याएको थियो । भुकम्प गएको ४ वर्ष अर्थात राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम सुरु गरेको ४० महिनाको अवधिमा अनुदान संझौता गरेका ७ लाख ६२ हजार ६ सय ४ घरपरिवार मध्ये ३ लाख ८२ हजार २ सय ७७ घरहरु पुननिर्माणको काम सम्पन्न भएको छ । २ लाख ३० हजार ६ सय ५८ पुननिर्माणको तयारीमा रहेका छन् । त्यस्तै शैक्षिक संस्थातर्फ १ हजार ७ सय ७२ पुन निर्माणको तयारीमा छन् भने ४ हजार ४ सय ७६ पुन निर्माण सम्पन्न भएका छन् । ६ सय ४३ स्वास्थ्य संथाको पुन निर्माण भएको छ भने १ सय ४५ पुननिर्माणका क्रममा छन् । पुरातात्वीक सम्पदाको पुन निर्माणमा २ सय २४ पुननिर्माण सम्पन्न भएका छन् भने २ सय २१ पुन निर्माणको तयारीमा रहेका छन् । यि सवै संरचनाहरुमध्ये निजी आवासको पुननिर्माणलाई सवैभन्दा बढि केन्द्र बिन्दुमा राखेर काम गरेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणको समय अवधि सकिन अब २० महिना मात्र बाँकि छ । यो अवधीमा प्राधिकरणले बाँकि काम सम्पन्न गरीसक्नेमा भने ढुक्क हुने अवस्था देखिंदैन । प्राधिकरणका प्रवक्ताका अनुसार २० महिनामा अन्य संरचनाको काम पुरा गर्न सकिए पनि पुरातात्वीक सम्पदाको पुन निर्माण सम्पन्न गर्न सकिने अवस्था नरहेको बताए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत पुननिर्माणको पञ्च वर्षिय योजनामा समग्र पुननिर्माणको लागी कुल रु ९ खर्व ३८ अर्व रकम लाग्ने अनुमान गरिएको थियो । पुननिर्माणको लागि अन्र्तराष्ट्रिय सम्मेलन गरी दाताहरुवाट ४ खर्व १० अर्वको प्रतिबद्धता आएकोमा २ खर्व ६२ अर्व रकम संझौता भई सकेको छ । प्राधिकरणले आर्थिक वर्ष ७४/७५ सम्म कुल रु १ खर्व ८६ अर्ब रुपैया खर्च भएको भन्दै चालु आर्थिक वर्षमा १ खर्व ५१ अर्ब बजेट बिनियोजन गर्दै काम गरिएको छ । निर्माण गर्न बाँकि संरचनाहरुको लागी अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप आवश्यक पर्ने अनुमान गरिएको राष्ट्रिय पुन निर्माण प्राधिकरणले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);