भूकम्प पछि ३ वर्षको अवधिमा यति भयो पुननिर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भूकम्प पछि ३ वर्षको अवधिमा यति भयो पुननिर्माण

ranipokhari

अप्सरा गौतम
काठमाण्डौ, २ माघ । २०७२ सालमा वैशाखमा ठूलो जनधनको क्षति पुर्याउने गरि गएको भुकम्प पछि पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको ३ वर्ष पुरा भैसकेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पूनिनिर्माणको काम तिव्रताका साथ चलिरहेको वताएपनि विभिन्न ठाउँका अधिकांश भूकम्प पीडित अझै पनि पाल मुनी बस्न बाध्य छन् । ३ वर्षको अवधिमा पुननिर्माणको काम कति सकियो त ?

२०७२ सालमा गएको भूकम्पका कारण क्षतिभएका संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरि पाँच वर्षको कार्यावधि तोकेको थियो । तोकिएको समयको दुईतिहाइ समय सकिदासम्म प्राधिकरणको काम सन्तोषजनक हुनसकेको छैन । पटक–पटक प्राधिकरणको नेतृत्व परिवर्तन तथा प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारीको समय समयको आन्दोलनले गर्दा प्रभावकारी रुपमा काम हुन नसकेको हो । तरपनि, प्राधिकरणले भने हालसम्म क्षति पुगेका ७७ प्रतिशत निजी आवास निर्माण गरिसकेको घोषणा गरेको छ । भूकम्पले क्षतिभएका आठ लाख ११ हजार एकसय ५४ नीजि आवस भध्य सात लाख ४९ हजार घरधनीसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको छ । हाल सम्म पहिलो किस्ता पाउने ७ लाख ४२ हजार ६ सय ७ रहेकाछन ।

त्यस्तै दोस्रो किस्ता लिनेमा ५ लाख २९ हजार ७ सय ६८ रहेकाछन भने तेस्रो किस्ता लिनेमा ३ लाख ५२ लाख ४ सय ५ रहेकाछन । भने बाँकी घरहरु पुननिर्माणको काम भईरहेको प्राधिकरण्कले बताएको छ । पुनर्निर्माणका लागि सम्झौता गरिएका सातलाख ४२ हजार एकसय ३५ मध्ये त्यसैगरी भुकम्पले क्षती पुर्याएका १ हजार १ सय ९७ स्वास्थ्य सस्था मध्ये हाल सम्म ६ सय ४३ स्वास्थ्य सस्थाको पुननिर्माण सकिएको छ भने ७ हजार ५ सय ५३ शैक्षिक सस्था मध्ये ४ हजार ९८ शैक्षिक सस्था, ४ सय १५ सरकारी भवन मध्ये २ सय ४८ सरकारी भवन त्यसै गरी ७ सय ५३ सास्कृतीक सम्पदा हरुमा ३ सय ९ सास्कृतीक सम्पदा, ३ सय ८३ सुरक्षा भवनहरु मध्ये १ सय सुरक्षा भवन र ३ हजार २ सय १२ खानेपानी पूर्वाधार पुननिर्माणको काम समपन्न भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

कतिपय भूकम्प पीडितले हालसम्म पहिलो किस्ता मात्र बुझेका छन् भने निजी आवास निर्माणका लागि तेस्रो किस्तासम्म वुझेका कतिपयले अझै पनि भवन निर्माण नगरेका खवर पनि सार्वजनिक भएका छन् । यी तथ्यहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले दावी गरेजस्तो उपलब्धी हासिल नभएको देखाउँछन् । तथ्यमा नगई प्राधिकरणले तथ्यांक सार्वजनिक गर्नुभन्दा उपलब्धीको समिक्षा गर्दै बनेका संरचनाको गुणस्तर परीक्षण गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);