१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक निष्कर्षविहिन भएको छ ।
कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बैठक निष्कर्षविहिन भएको हो । बैठकमा नयाँ सरकार गठन, स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा उपमेयरका उम्मेद्वारको चयन लगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
बैठकमा नेता रामचन्द्र पौडेल पक्षले आफू पक्षीय उम्मेद्वारले पनि सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले पूर्व पदाधिकारीसहितको बैठक बोलाउनुभएको थियो ।




