बारामा पनि निर्वाचन गतिविधि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बारामा पनि निर्वाचन गतिविधि बढ्दै

श्याम गुप्ता, बारा , ११ जेष्ठ
जेष्ठ ३१ गते हुँन लागेको स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । केन्द्र तथा क्षेत्रबाट जिल्लामा आउँने सम्पूर्ण सामाग्रीहरु आईसकेको र निर्वाचन कार्यालयको तर्फबाट गर्नु पर्ने कामहरु रुजु गर्ने , निर्वाचन कार्यालय स्थापना गर्ने , निर्वाचन सामाग्री प्याकिङ्ग गर्ने जस्ता कार्य सम्पन्न भईसकेको

बारामा पनि निर्वाचन गतिविधि बढ्दै

श्याम गुप्ता बारा , ११ जेष्ठ

जेष्ठ ३१ गते हुँन लागेको स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । केन्द्र तथा क्षेत्रबाट जिल्लामा आउँने सम्पूर्ण सामाग्रीहरु आईसकेको र निर्वाचन कार्यालयको तर्फबाट गर्नु पर्ने कामहरु रुजु गर्ने , निर्वाचन कार्यालय स्थापना गर्ने , निर्वाचन सामाग्री प्याकिङ्ग गर्ने जस्ता कार्य सम्पन्न भईसकेको हो । दोश्रो चरणको स्थानीय निर्वाचनका लागि जेष्ठ ५ गतेबाट मतदाता शिक्षा स्वयंसेवकहरुलाई घरदैलोमा पठाएको छ । जिल्लाका ४ सय ५१ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रम पु¥याउँन कार्यालयले ४ सय ५१ जना मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरिसकेको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नरेश सर्राफले जानकारी दिएका छन् । उनीहरुलाई मतदाता शिक्षासँग सम्बन्धित तालिम प्रदान गरि दक्ष बनाईएको र उनीहरुले गाउँ गाउँमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रमुख निर्वाचन अधिकृत सर्राफले बताए ।

 

जिल्लाका विभिन्न स्थानीय निकायमा कार्यर्त एक सय पाँच जना सामाजिक परिचालक तथा तिन सय ४६ जना वाल विकास शिक्षिका गरि ४ सय ५१ मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरिसकिएको प्रमुख निर्वाचन अधिकृत सर्राफले जानकारी दिए ।  बारा जिल्लामा कुल दुई सय ९४ मतदान स्थल र ४ सय ५१ मतदान केन्द्र आगामी १५ जेष्ठबाट सबै स्थानीय तहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी पनि कार्यालयले गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार बारामा सबै निर्वाचन सामग्री पनि आईसकेको छ । जिल्लामा रहेका कुल मतदाता संख्याको १५ प्रतिशत बढि मत–पत्र निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय बारामा पठाएको छ ।

 

जिल्लामा रहेका कुल तिन लाख ३३ हजार ६ सय ७८ मतदातालाई पुग्ने गरि निर्वाचनमा प्रयोग गरिने मसि , छापदानी लगायतका सामग्री पनि जिल्ला निर्वाचन कार्यालय बारामा आईपुगिसकेको जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी सर्राफले जानकारी दिए ।  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बारा जिल्लामा कुल दुई ९४ मतदान स्थल र चार सय ५१ मतदान केन्द्र तोकेको छ । सरकारले पछिल्लो समय बारामा स्थानीय तह थप गर्ने निर्णयसँगै केन्द्र बढ्न सक्ने भएपनि आयोग भने पुरानैं स्थलबाट निर्वाचन गराउँने तयारीमा रहेको छ ।

 

जिल्लामा रहेका कुल तिन लाख ३३ हजार ६ सय ७८ मतदाताको फोटो सहिँतको मतदाता परिचय–पत्र पनि जिल्ला निर्वाचन कार्यालय बारामा आईपुगिसकेको जिल्ला निर्वाचन अधिकारी सर्राफले जानकारी दिए । मतदाता परिचय–पत्र पनि केहि दिन पछि वितरण गर्न शुरु गरिने जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

 

बारामा दश जना तेश्रो लिङ्गी मतदाता स्थानीय तह निर्वाचनका लागि बारामा रहेका कुल तिन लाख ३३ हजार ६ सय ७८ मतदाता मध्य दश जना तेश्रो लिङ्गी मतदाता पनि रहेका छन् । यस्तै एक लाख ८३ हजार ८ सय ८४ पुरुष मतदाता छन् । महिला मतदाताको संख्या भने एक लाख ४९ हजार आठ सय ८४ जना रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । बारामा आईपुग्यो निर्वाचन सामग्री दोश्रो चरणमा हुँने स्थानीय तह निर्वाचनका लागि बारामा सबै निर्वाचन सामग्री आईसकेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

 

जिल्लामा रहेका कुल मतदाता संख्याको १५ प्रतिशत बढि मतपत्र निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय बारामा पठाएको छ । जिल्लामा रहेका कुल तिन लाख ३३ हजार ६ सय ७८ मतदातालाई पुग्ने गरि निर्वाचनमा प्रयोग गरिने मसि , छापदानी लगायतका सामग्री पनि जिल्ला निर्वाचन कार्यालय बारामा आईपुगिसकेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत नरेश सर्राफले जानकारी दिए । बारामा रहेका कुल चार सय ५१ मतदान केन्द्रमा प्रयोग गर्न ६ सय ४० थान ठुलो मत पेटिका पनि आयोगले जिल्ला निर्वाचन कार्यालय बारामा पठाई सकेको छ । ठुलो मत पेटिकासँगै प्रयोग हुँने अन्य साना आकारका मत पेटिका भने जिल्ला निर्वाचन कार्यालय बारामा पहिले नैं रहेको पनि प्रमुख निर्वाचन अधिकृत सर्राफले जानकारी दिए ।

 

निर्वाचनका लागि आएका मत–पत्र , मत पेटिका लगायत सबै निर्वाचन सामग्री जिल्ला प्रशासन कार्यालय बारामा राखिएको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सबै सामग्री जिल्ला प्रशासन कार्यालयमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बारा जिल्लामा कुल दुई सय ९४ मतदान स्थल र चार सय ५१ मतदान केन्द्र तोकेको छ । केहि दिनमा बाँडिनेछ मतदाता परिचय–पत्र जिल्लामा रहेका कुल तिन लाख ३३ हजार ६ सय ७८ मतदाताको फोटो सहिँतको मतदाता परिचय–पत्र पनि जिल्ला निर्वाचन कार्यालय बारामा आईपुगिसकेको प्रमुख निर्वाचन अधिकृत सर्राफले जानकारी दिए ।

 

‘जिल्लाका सबै मतदाताको फोटो सहिँतको परिचय–पत्र पनि आईपुगीसकेको छ’ उनले भने । प्रमुख निर्वाचन अधिकृत सर्राफका अनुसार उक्त परिचय–पत्र केहि दिन मैं मतदाताको हातमा पु¥याउँने तयारी कार्यालयले गरिरहेको छ । मतदाताको घरघर मैं फोटो सहिँतको मतदाता परिचय–पत्र पु¥याउँने गरि संयन्त्र बनिरहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । ‘भयरहित वातावरण बनेको छ’ निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बारा , जिल्ला प्रहरी कार्यालय बारा , राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी सहिँतको टोलिले दिनहुँ जिल्लाका मतदान केन्द्रहरुको अनुगमन गरिरहेको छ ।

 

मतदान केन्द्रमा कुँनै पनि प्रकारका घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा संयन्त्रले जिल्लाका मतदान केन्द्रहरुको सुरक्षा चुनौंती नियालिरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । जिल्लामा निर्वाचन सम्पन्न गर्न हुँने चुनौंतीलाई मध्यनजर गर्दै केही दिन अघि क्षेत्रिय सुरक्षा गोष्ठि भएको थियो । सुरक्षा अधिकारीहरुले निर्धक्क भएर मतदाताले भोट खसाल्ने वातावरण बन्दै गएको बताएका छन् । चुनावमा भाग लिन मधेशी जनता आतुर मधेसी मोर्चा निर्वाचनमा सहभागी हुँने नहुँने निर्णय भईनसक्दा मधेशी जनता भने चुनावको माँग गरिरहेका छन् । बारा जिल्लाका मधेसी जनताले भने स्थानीय निर्वाचन तोकिए कै समयमा हुँनु पर्ने बताउँ छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);