कांग्रेस–माओवादी गठबन्धनलाई पाखा लगाउँदै मानबहादुर बने पोखराको मेयर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस–माओवादी गठबन्धनलाई पाखा लगाउँदै मानबहादुर बने पोखराको मेयर

१२ जेठ, काठमाडौं । पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार मानबहादर जिसी निर्वाचित हुनुभएको छ ।

कांग्रेस–माओवादी गठबन्धनलाई पाखा लगाउँदै मानबहादुर बने पोखराको मेयर

१२ जेठ, काठमाडौं । पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेद्वार मानबहादर जिसी निर्वाचित हुनुभएको छ । जिसी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वार रामजी कुँवरलाई १३ हजार ८ सय ७ मतको फराकिलो मतले पछि पार्दै मेयरमा निर्वाचित हुनुभएको हो ।

सबैभन्दा धेरै वडा रहेको महानगरपालिकाको मेयरमा निर्वाचित हुने क्रममा जिसीले ६० हजार २ सय २३ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी कुँवरले ४६ हजार ४ सय १६ मत हासिल गर्नुभयो ।

महानगरपालिकाको उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी हुनुभएको छ । गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याउनुभएको छ । उहाँकी प्रतिस्पर्धी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाउनुभयो । महानगरपालिकाका ३३ वडामध्ये २२ वटा वडाको वडाध्यक्षमा एमालेले बाजी मारेको छ ।

नेपाली काँग्रेसले भने ११ वटा वडाको वडाध्यक्षमा चित्त बुझाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);