काठमाडौं, १८ बैशाख । नेपाली काग्रेसले निकै लामो समय लगाएर केन्द्रिय समितिको बैठक समपन्न गरेको छ ।
निर्वाचनको हारको जिम्मेवारी कसले लिने भन्ने सन्दर्भमा उसले निकै लामो धेरै बहस गर्यो र अब त्यो केन्द्रिय कार्यसमितिले त्यसको जिम्मेवारी लिने भएको छ । त्यसपछि आम काग्रेस संघलाई र काग्रेसलाई बुझेका मानिसहरुलाई लागेको थियो कि नेपाली काग्रेस अब यो बहसबाट बाहिर निस्कियो । तर त्यसको भोलीपल्ट नै निर्वाचित पदाधिकारीको बैठक डाकियो र त्यो बैठकमा एउटा पक्ष अर्थात बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षदर नेताले हामी यो बैठकमा भाग लिदैनौ भनेर उनिहरुले भने त्यसपछि बैठकमा रस्साकस्सी चल्यो । र त्यो बैठक २१ गते सम्मको लागी स्थिगित भयो ।
केन्द्रिय कार्यसमितिको बैठक बस्ने भोली पल्ट पदाधिकारीको बैठक नबस्ने किन त ? खरो प्रश्नमा प्रकाश गिरीको नेपाली काग्रेसका नेता नबिन्द्रराज जोसी सँगको कुराकानी




