काँग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै दुई दिन चल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

काँग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताउनु भयो । उहाँले केन्द्रिय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । यो बैठक जारी छ । भोलि ११ बजेका लागि बैठक तोकिएको छ । केन्द्रिय समितिका सदस्यहरुले बोल्ने क्रम जारुी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आईतवार पनि यो क्रम जारी रहन्छ ।’

नेता पौडेलले बैठक शुक्रवार र आईतवार बस्ने बताउनु भयो । उहाँले शुक्रवार बिहान ११ बजे बैठक बस्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);