भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आउने | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आउने

narendra modi

काठमाडौं, १८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आउने भएका छन् ।

मोदीले यहि वैशाख २८ गतेदेखि नेपालको भ्रमण गर्ने तय भएकामा उनी जनकपुर हुँदै काठमाडौं आउने भएका छन् । मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

ओली चैतको अन्तिम साता भारत जाँदा त्यहाँका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । मोदी वैशाख २९ गते नै फर्कने कार्यक्रम छ ।

ताजा समाचार