मोदीलाई रक्षामन्त्री पोखरेलले स्वागत गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोदीलाई रक्षामन्त्री पोखरेलले स्वागत गर्ने

modi n ishor pokheral

काठमाडौं, २५ बैशाख । २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई रक्षामन्त्रीले स्वागत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् । यसअघि ओली भारतको राजकीय भ्रमणमा दिल्ली जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

मोदी पटनाबाट हेलिकोप्टरमा २८ वैशाख बिहान ९ः३० बजे जनकपुर विमानस्थल ओर्लिनेछन् । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नेछन् । लगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पूजापाठ गर्नेछन् । पूजापाठ सकिएपछि मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । कार्यक्रममा मोदी र पोखरेलले सम्बोधन गर्नेछन् ।

मोदी त्यसैदिन अपराह्न १२ बजे काठमाडौं आइपुग्नेछन् । मोदी काठमाडौं आएलगत्तै सैनिक मञ्चमा गार्ड अफ अनर दिने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीसँग औपचारिक वार्ता हुने कार्यक्रम छ । त्यसपछि मोदीसँग प्रमुख दलका शीर्ष नेताले भेट गर्नेछन् । अबेरसम्म उनको राजनीतिक भेटघाट हुने बुझिएको छ ।

मोदी २९ गते बिहान मुक्तिनाथ गएर काठमाडौं फर्केपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेर मोदी दिल्ली फर्किने कार्यक्रम छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);