२ हजार जरिवाना तिरेर छुटे कांग्रेस नेता लामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

२ हजार जरिवाना तिरेर छुटे कांग्रेस नेता लामा

कास्की । बिहीबार निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा शुक्रबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई दुई हजार जरिवाना पछि छोडेको हो ।

लामालाई प्रहरीले एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना तिराएर छोड्न अनुमति दिएको हो ।

बिहीबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिईरहेका बेला दिपक मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लघंनको आरोपमा पक्राउ परेका थिए ।

प्रहरीले उनलाई लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । अध्यादेशमा निषेधाज्ञा उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा उनी आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशंका गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);