एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ 

सिरहा। सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ ।  त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

ताजा समाचार