सभापति देउवाले गठन गरेको विभाग खारेज गर्न कांग्रेसका १२ केन्द्रीय सदस्यको माग | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सभापति देउवाले गठन गरेको विभाग खारेज गर्न कांग्रेसका १२ केन्द्रीय सदस्यको माग

nepali congress

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा गठन गरेका विभागहरू तत्काल खारेज गर्न १२ जना केन्द्रीय सदस्यहरूले माग गरेका छन्।

महाधिवेशनको मुखैमा विभागहरू गठन गरेर सभापति देउवाले महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको भन्दै गगन थापालगायतका केन्द्रीय सदस्यहरुले खारेजीको माग गरेका हुन्।

मंगलबार प्रकाशित विज्ञप्तिमा, ‘पार्टी भित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरि साथिहरुका बिचमा भावनात्मक एकता कायम गरि महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिका भित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘ हामीले बनाएका बिभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले विभाग खारेज गर्न माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);