उपकुलपतिको कार्यालय तोडफोड गर्ने नेविसंघका कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपकुलपतिको कार्यालय तोडफोड गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं, २७ साउन । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय र रजिष्टारको कार्यालय तोडफोड गर्ने नेविसंघका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामबहादुर थामी, विष्णु बडैला, मनोज कुँवर, सम्झना खत्री, रमेश कुँवर, हरिबहादुर थामी र सञ्जय चौधरी रहेका छन् ।

मंगलबार बिहान परीक्षाको विकल्प देउ भन्दै विरोधमा उत्रेका नेविसंघका कार्यकर्ताले उपकुलपति र रजिष्टारको कार्यालय तोडफोड गरेको थिए । प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको आपत्ति गर्दै नेविसंघले तत्काल रिहाइको माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);