त्रिभुवन विश्वविद्यालय परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

त्रिभुवन विश्वविद्यालय परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं, ६ असोज । त्रिभुवन विश्वविद्यालय परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायत रहेका छन् ।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको ६ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झुटा मुद्दा लगाएको लगायत विरोधमा नेविसंघले विरोध प्रदर्शन गर्दै आएको छ ।

त्रिवि समितिले स्थानीय स्तरमा गरिरहेका र गर्ने सबैखाले शान्तिपूर्ण प्रदर्शन र गतिविधिप्रति नेविसंघ केन्द्रीय समितिले ऐक्यबद्धता प्रकट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);