विधान विपरित पदाधिकारी मनोनय गरेको भन्दै पौडेल पक्षद्वारा बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विधान विपरित पदाधिकारी मनोनय गरेको भन्दै पौडेल पक्षद्वारा बैठक बहिष्कार

ramchandra paudel

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरित पदाधिकारी मनोनय गरेको भन्दै असन्तुष्ठ पदाधिकारी र केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले केन्द्रीय समितिको बैठक बहिष्कार गरेका हुन् । शुक्रबार पदाधिकारी मनोनयन गर्नका लागि सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाए लगत्तै असन्तुष्ठ समुहले विरोध गर्दै आएका थिए ।

पौडेल समुहले महाधिवेशनको २ बर्ष पछि पदाधिकारी मनोनयन गर्नु विधान विपरित हुने भन्दै विरोध गरेको हो । विधानमा महाधिवेशनको २ महिना भित्र पदाधिकारी मनोनय गर्नुपर्ने व्यवस्था छ ।

नेता पौडेलले नेपाली कांग्रेसको विधानको धारा ४९ को १९ बमोजिम महाधिवेशनको दुई महिना भित्रमा गर्नुपर्ने नियुक्ति दुईबर्ष पछि गर्न प्रक्रिया नमिलेकाले केन्द्रीय समितिको पुर्ण बैठक बसेर सहमति गरेपछि मात्रै गर्न आफुले दिएको सुझावलाई सभापतिले वेवास्ता गरेको भन्दै आपत्ती जनाए ।

सभापति पार्टी विधान विपरित गएकाले आफुहरुले अबैधानिक कामको विरोधको जनाउ दिन बैठक बहिष्कार गर्नु परेको रामचन्द्र पौडेलले प्रतिक्रिया दिए ।

पौडेल पक्षिय नेताहरुको बैठक बहिष्कारका बाबजुत सभापति देउवाले पदाधिकारी नियुक्ति गरेका छन् । देउवाले आफू निकट नेताहरुलाई पदाधिकारीमा मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);