चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका हरेक पाईला अब विकास, आधुनिकता, र परिर्वतन केन्द्रित हुने बताएका छन् ।
शुक्रबार चितवनको भरतपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विकासमा कुनै पनि किसिमको ढिलाइ नगर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले उत्पादनशील क्षेत्रको विकासमार्फत नै आफूले आर्थिक समृद्धिको खाका बनाएको बताए ।
कार्यक्रममा भारतको चौधरी चरण सिंह हरियाणा कृषि विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर केपी सिंहले नेपालमा कृषिमा अथाह सम्भावना भएकोले कृषिको रुपान्तरणमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा विभिन्न संकायका तीन सय १२ जना विद्यार्थी दीक्षित भएका छन् ।




