देउवालाई पार्टीको विधान विपरित नचल्न पौडेलको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवालाई पार्टीको विधान विपरित नचल्न पौडेलको चेतावनी

poudel-deuba

काठमाडौं, १४ बैशाख । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरित नचल्न चेतावनी दिएका छन् । पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढने सभापति देउवाले तयारी गरिरहेका बेला नेता पौडेलले त्यसो गर्नु विधान विपरित हुने भन्दै आपत्ति जनाएका हुन् ।

पार्टी केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकमा उनले विधानसम्मत ढंगले अघि बढेमात्रै पार्टी भित्र बलियो एकता हुने धारणा पनि राख्नु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति देउवाले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगले अघि नबढाएकै कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको पौडेलको आरोप छ ।

उनले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छानबिन गरी कार्बाही गर्न ढिलाई नगर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए । सभापति देउवाले पार्टी भित्रको अन्तरघातका कारण २० सिट पार्टीले प्रतिनिधिसभामा गुमाउनु परेको दावी गर्दै आएका छन् ।

बैठकमा नेता विजयकुमार गच्छदारले पार्टीलाई एकतावद्ध बनाएर लैजान आह्वान गरेका थिए । उनले पार्टी एकता गर्ने बेला भएको सहमति कार्यान्वयन गर्न पनि आग्रह गर्नु भएको प्रवक्ता शर्माले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);