देउवाले महाधिवेशन प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै पौडेल पक्षको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवाले महाधिवेशन प्रभावित पार्ने क्रियाकलाप गरेको भन्दै पौडेल पक्षको असन्तुष्टि

pauel pakshya

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँडने काम गरेको भन्दै विरोध जनाउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले बिहीबार सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताउनुभयो । तरपनि सभापति देउवाले आफुहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता नजनाएको पौडेलले बताउनुभयो । उहाँले पारदर्शि ढंगले क्रियाशिल सदस्यको वितरण र नविकरण हुनुपर्नेमा केन्द्रबाट वडावडामा दवाव दिने काम भएको बताउनुभयो ।

फोरम लोकतान्त्रिकलाई पार्टीले नै निर्णय गरेर प्रवेश गराइएको तर पछिल्लो समय व्यक्तिगत प्रवेशलाई लिएर क्रियाशिल सदस्य बाँडने काम सभापति देउवाले गरेको पौडेलले बताउनुभयो । विदेश स्थित जनसम्पर्क समिति देखि विभिन्न भातृसंगठनमा पद वितरण गर्ने काम गरिनु महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि भएकोले आफुहरुको आपत्ति रहेको पौडेलले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले गल्ति गर्दै जाँदा आफुहरुले सशक्त दबाब दिदै जाने समेत बताउनुभयो । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि ६ महिना भित्रमा सबै विभागलाई पूर्णता दिनुपर्नेमा १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभागहरु थप्ने र पद बाँडने काम भएको उहाँले बताउनुभयो ।

विधान विपरित भएका सबै क्रियाकलापलाई महाधिवेशनमा एजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);