कांग्रेसमा आन्तरिक गुटबन्दी बढ्दो, बिधान बमोजिम पार्टी चलाउनै सकस | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेसमा आन्तरिक गुटबन्दी बढ्दो, बिधान बमोजिम पार्टी चलाउनै सकस

nepal-congress

काठमाडौं, ७ पुस । नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले विधान बमोजिम चल्न नसकेको जस्तै देखिएको छ । संस्थापन देउवापक्ष र रामचन्द्र पौडेल पक्षधरबीच विवाद बढ्दा कांग्रेसमा यस्तो अवस्था आएको हो ।

विधानत निर्वाचित नेताको नेतृत्वमा पार्टीको गतिविधि चल्नु पर्ने हो । तर कांग्रेसमा अहिले महाधिवेशनमा पराजित रामचन्द्र पौडेल पक्षधरको गुटबन्धी र धरपकडले कांग्रेसलाई विधान अनुसार चल्नै गाह्रो भइरहेको छ ।

नेपाली कांग्रेस भित्र फैलिएको गुटबन्दीको कारणले निर्वाचित नेतृत्वले काम गर्न सकिरहेको छैन । अहिले नेपाली कांग्रेस भित्र रामचन्द्र पौडेल समुह सभापति शेर बहादुर देउवालाई लगभग अस्वीकार जस्तै गरी अघि बढिरहेको छ ।

चरम गुटबन्दीको कारणले नै विधान बमोजिमको निर्वाचित नेतृत्वले काम पाएको छैन । बोलाईएको केन्द्रीय समिति बैठक पनि लगातार स्थगित हुँदै आएको छ । यसो हुनुको कारण सभापतिमा पराजित रामचन्द्र पौडेल गुटको घेराबन्दी र बहिष्कार नै हो ।

उसै त संसदमा प्रतिपक्षको भूमिका कमजोर छ । त्यसमाथि पार्टी भित्रै पौडेल पक्षको गुटबन्दीको घेराबन्दीले कांग्रेस झन कमजोर बनेको छ । त्याग भन्दा पनि पार्टी सत्ताको तीव्र लालसाले कांग्रेसका नेताहरुलाई गाँजेको छ ।

संसदमा १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा अस्वीकृत भएका पौडेल पार्टी भित्र सभापतिमा पराजय भोगेर पनि सभापतिको हैसियतमा देखिन खोजिरहेका छन् । पौडेलको यो रवैयालाई पार्टी सत्तामा पुग्ने लालसाको रुपमा बुझ्न गाह्रो छैन । निर्वाचित नेतृत्वलाई स्वीकार्न नसक्नु पौडेलको गल्ती भएको पार्टीकै नेताहरु बताउँछन् ।

लोकतान्त्रीक पार्टी भनिए पनि कांग्रेसमा पार्टी विधान भन्दा अभ्यासमा गुट हावी भैरहेको छ । हुन त नेपाली कांग्रेसमा भाग खोज्ने प्रवृति वर्तमान सभापति शेरबहादुरले नै सुरु गरेका हुन् ।

तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग टक्कर लिन देउवाले पार्टी फुटाएरै सभापति बन्ने लालसा देखाए । त्यसैले विश्लेषकहरु गुटबन्दीको दोष रामचन्द्र पौडेललाई मात्र दिन नहुने बरु विधानमा नै व्यवस्था गर्नुपर्ने बताउँछन् ।

विधान अनुसार निर्वाचनपछिको नेतृत्व ४ वर्षको लागि हो । तर कांग्रेसमा नयाँ नेतृत्वका लागि रामचन्द्र पौडेल पक्षधरलाई ४ वर्ष कुर्न गाह्रो भएको देखिन्छ । अहिलेको गुटबन्दी दशाैं महाधिवेशन पछि देउवाले सुरु गरेको साठी चालिसको निरन्तरता भन्दा फरक देखिन्न ।

यो निरन्तरताले कांग्रेस मात्र हैन देशलाई पनि फाईदा पुगेको छैन् । अनुकरणनीय बन्नु पर्ने पाका नेताहरुमा पदको लागि नैतिकता नै तिलाञ्जली दिने परम्परा नतोड्ने हो भने नेपाली कांग्रेसमा पार्टीका नेता हैनन् गुटको नेता मात्र बाँकी नरहलान् भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);