डोल्पा र सुर्खेतमा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

डोल्पा र सुर्खेतमा अझैँ हुन सकेन कांग्रेसको वडा अधिवेशन

सुर्खेत । कर्णालीका १० जिल्लामध्ये नेपाली कांग्रेसको डोल्पा र सुर्खेेत जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सल्यान र रुकुमपश्चिममा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

डोल्पा  र सुर्खेतमा भने सदस्यता विवादका कारणले वडा अधिवेशन हुन सकेका छैनन् । डोल्पामा पार्टी सभापति अंगदबहादुर बुढाले राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा समायोजन भएका केन्द्रीय सदस्य कर्ण बुढाले एकलौटी क्रियाशील सदस्य दिएको विरोधमा गदै आएका कारणले वडा अधिवेशन हुन सकेको छैन । 

सुर्खेतमा अखण्ड पार्टीबाट आएका एकजनाले बढी क्रियाशील बनाएको भन्दै विवाद हुँदै आएको छ । 

सदस्यता विवादका कारणले सुर्खेतमा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पार्टी सदस्यता विवादका कारणले सुर्खेतमा वडा अधिवेशन अनिश्चित बनेको हो ।

सुर्खेतका ९९ वटा वडा छन् । तीमध्ये केहीमा प्रतिनीधि चयन भएको नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए । ‘दोस्रो चरणमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन छैन,’ उनले भने,‘सदस्यता विवाद अझैँ कायम रहेका कारणले वडा अधिवेशन लम्बिएको हो ।’ 

सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३, ६, ८ र ११ का सदस्यता विवाद कारणले वडा अधिवेशन हुन नसकेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ । यी चार वडामा ७ सय ६ जनाको नयाँ क्रियाशील सदस्यता थपिएका कारणले पौडेल पक्षले विरोध गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);