कांग्रेस अधिवेशन : कर्णालीमा यस्ता छन् जिल्ला सभापतिका आकांक्षी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कांग्रेस अधिवेशन : कर्णालीमा यस्ता छन् जिल्ला सभापतिका आकांक्षी

सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये तीन जिल्लामा नेपाली कांग्रेसका जिल्ला सभापति चयन भइसकेका छन् । कालीकोटमा अम्बहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही सभापति चयन भइसकेका छन् ।

सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पधा हुने

सुर्खेतमा वर्तमान सभापति कमलराज रेग्मी, देवकुमारी सुवेदी, रामबहादुर सिंह, नारायण सापकोटा, खड्क पोखरेल, निरञ्जन केसी, यज्ञ बिसी सभापतिका आकांक्षी छन् । बिसी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री हुन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला भएकाले सुर्खेतमा अर्का नेता हृदयराम थानीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लाे अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मीले अहिले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रहेका बिसीलाई तीन मतले पराजित भएका थिए । सुर्खेतमा थानी र खड्का प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जाजरकोट : वेदराज सिंह, सनत कार्की, मुक्ति कार्की, सर्वराज खत्री, महेन्द्रबहादुर शाह र इलम शाहले सभापति हुने आकांक्षा राखेका छन् ।

दैलेख : कृष्णबहादुर बिसी, घनश्याम भण्डारी, मणिराम रेग्मी, गणेश उपाध्याय र भुपेन्द्रजंग शाही सभापतिका आकांक्षी हुन् ।

रुकुमपश्चिम : वर्तमान सभापति प्रेमप्रकाश ओली, कृष्ण रोकाया र खड्क डाँगी सभापति पदका लागि आकांक्षी हुन् ।

सल्यान : पूर्व जिविस सभापति ध्रुवराज पुरी, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, एकराज डाँगी, केशबहादुर विष्ट र सन्तोष केसी सभापति पदका आकांक्षी हुन् ।

जुम्लामा सहमति गर्ने भन्दै स्थगित

जुम्लामा कांग्रेस जिल्ला अधिवेशन १५ असोजमा हुनुपर्ने हो । तर, सभापतिका लागि सहमति गर्ने भन्दै स्थगित गरिएको छ । हालसम्म पनि सहमति हुन सकेको छैन् । शेरबहादुर देउवा पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ ।

डोल्पामा सदस्यता विवाद बल्झियो

डोल्पामा सदस्यता विवाद टुंगिन नसकेकाले कांग्रेसका वडा अधिवेशन नै हुन सकेको छैन । वडा अधिवेशन नहुँदा कांग्रेसका जिल्ला सभापतिका आकांक्षी खुलेका छैनन् । डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहेका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए । बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);