लुम्बिनी प्रदेश आत्मनिर्भर हुन सक्छः मुख्यमन्त्री केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लुम्बिनी प्रदेश आत्मनिर्भर हुन सक्छः मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश आत्मनिर्भर हुन सम्भव रहेको बताएका छन् । उनले यो प्रदेश समृद्धको सबैभन्दा अनुकुल भूभागमा रहेको प्रदेश भएको बताए ।

लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ वितरण समारोहलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले भने, ‘समृद्ध लुम्बिनीको सपना सबैको साझा सपना बनोस्, आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्छ, परनिर्भरताबाट मुक्त हुन आवश्यक छ ।’

वन रक्षकको लागि १२३ जनाको माग हुँदा ६३ हजार जनाले आवदेन दिएको भन्दै उनले मुलुकमा बेरोजगारी बढेको बताए । ‘अस्थायी रूपमा १२३ जनालाई त सम्बोधन गर्न सक्यौं, तर बाँकीलाई कसरी सम्बोधन गर्ने ?’,  उनले भने ।

कोभिड–१९ ले पर्यटन क्षेत्र प्रभावित भएकाले तीनै तहका सरकारले आफ्नो बजेट राहतपूर्ण कार्यक्रममा केन्द्रित गरेको उनकाे भनाइ छ । ‘स्रोतहरु घट्दै छन्, कतै वित्तीय संकट त आउँदैन’, मुख्यमन्त्री केसीले भने ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी अन्तर्राष्ट्रिस्तरमै आकर्षणको केन्द्र बनेको मुख्यमन्त्री केसीले बताए । ‘गौतमबुद्धको भूमिमा आउने बेला मान्छे परेसान हुने गुनासो नआओस्’, उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);