गुल्मी कांग्रेस सभापतिमा पन्थी र थापा भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गुल्मी कांग्रेस सभापतिमा पन्थी र थापा भिड्दै

गुल्मी । नेपाली कांग्रेस गुल्मीको आठौं जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । देउवा पक्षबाट वेदबहादुर थापा मगर र पौडेल पक्षबाट खिलध्वज पन्थी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस गुल्मीको जिल्ला अधिवेशन १० र ११ मंसिरमा हुँदैछ । पन्थी र थापा मगर दुवै कांग्रेसमा लोकप्रिय छन् । युवाहरूको ऊर्जा र ग्रामीण भेगमा पुग्दा कार्यकर्ताबाट पाएको आशीर्वादलाई सम्मान गर्न आफूले सभापतिमा उम्मेदवारी दिएको पन्थीले बताए । क्षेत्र नम्बर २ मा पन्थीलाई युवाहरूको राम्रो साथ छ। क्षेत्र २ मा पौडेल पक्षका प्रतिनिधि धेरै छन् । 

क्षेत्र नम्बर १ मा थापा मगर लोकप्रिय छन् । उनी सातौं जिल्ला अधिवेशनमा सभापतिमा पराजित भएका थिए । देउवा पक्षका थापा क्षेत्र नम्बर १ मा पाँच सय ८७ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि भए । 

पार्टीको स्रस्थागत हित, गुटबन्दीको अन्त्य र पार्टीको विभिन्न तहमा पछाडि परेका अग्रज नेता र कार्यकर्तालाई समेटेर एकताबद्ध पार्टी निर्माणसँगै विकास र समृद्धिको पक्षमा काम गर्न आफूले सभापतिमा उमेद्वारी घोषणा गरेको उनले बताए । उनले सर्वसम्मत र निर्वाचन दुवै विकल्पका लागि आफू तयार रहेको बताए । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);