कांग्रेस महाधिवेशन : उदयपुरमा पौडेल समूहभन्दा देउवा समूह बलियो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कांग्रेस महाधिवेशन : उदयपुरमा पौडेल समूहभन्दा देउवा समूह बलियो

उदयपुर । नेपाली कांग्रेस उदयपुरको १४औँ महाधिवेशन अन्तर्गत आठ स्थानीत तहमा भएको अधिवेशनमा सभापति शेरबहादुर देउवाको पकड देखिएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा पार्टी सभापति देउवा पक्षधर बढी निर्वाचित भएका छन् । आठ पालिकामध्ये देउवा पक्षधर पाँच र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर तीन जनाले पालिका तहको नेतृत्व गर्न जिम्मेवारी पाएका छन् ।

सभापति देउवास समूहबाट बेलका नगरपालिकाबाट अशोक कार्की, चौदण्डीगढी नगरपालिकाबाट राजेन्द्र पौडेल, त्रियुगा नगरपालिकाबाट प्रकाशकुमार खड्का, उदयपुरगढी गाउँपालिकाबाट यमबहादुर पाण्डे र लिम्चुङबुङ गाउँपालिकाबाट नेत्रबहादुर कार्की सभापतिमा निर्वाचित भएका छन् । 

यस्तै पौडेल समूहबाट कटारी नगर सभापतिमा प्रेम थापा,  रौतामाई गाउँपालिका सभापतिमा घमानसिंह थापा मगर र ताप्ली गाउँपालिका सभापतिमा दीपकुमार रास्कोटी (अर्जुन) निर्वाचित भएका हुन् । 

ताप्ली गाउँपालिकाका रास्कोटी र उदयपुरगढी गाउँपालिकाका पाण्डे निर्विरोध निर्वाचित भएका हुन भने अन्य ६ पालिकामा निर्वाचन भएको नेपाली काग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले जनाएको छ । 
शनिवार सम्पन्न निर्वाचनमा सबै पालिकाहरूमा दुई खेमाको उम्मेदवारी परेको थियो । 

जिल्ला सभापतिको को–को आकांक्षी ?

जिल्ला सभापतिमा पूर्वजिल्ला सभापति तथा प्रदेश १ का सांसद हिमाल कार्की, वर्तमान सभापति विदुर बस्नेतले आकांक्षा देखाएका छन् । वर्तमान जिल्ला सभापति बस्नेत पौडेल समूहका हुन् । उनलाई पौडेल तथा कोइराला समूहले समर्थन गरेको दाबी गरेका छन् । बस्नेतलाई प्रतिनिधि सभा सांसद प्रमिला राई, सविधान सभा सदस्य शान्तिदेवी चौधरीको आफूलाई समर्थन रहेको बताएका छन् । 

त्यसैगरी, अर्का सभापतिका दाबेदार पूर्व सभापति तथा प्रदेश १ का सांसद हिमाल कार्की सभापति देउपा समूहका हुन । उनलाई परराष्ट्र मन्त्री डा. नारायण खड्काको साथ रहेको छ । सभापतिका आकांक्षी दुवै जना नेतृत्व लिने होडमा कम्मर कसेर लागेका छन्  । 

क्षेत्रीय सभापतिमा ?

त्यसैगरी, क्षेत्रीय सभापति १ नम्बरमा खगेन्द्र राई (काजी) र वसन्त बस्नेत र क्षेत्र नम्बर २ मा रामकुमार खत्री र रामकुमार राईले उम्मेदवारी घोषणा गरेको छ । त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र १ (क) मा जय सुवेदी र अर्जुन दाहाल (ख) मा देवीकुमारी चौधरी र सरोज बस्नेतले उम्मेदवारी घोषणा गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र २ (क) गणेश पुरी (ख) मा गोपी पराजुली र कृष्ण थापाले आफ्नो उम्मेदवारी घोषण गरेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);