कांग्रेस तेह्रथुमको जिल्ला सभापतिमा तुम्बाहाङ्फे निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस तेह्रथुमको जिल्ला सभापतिमा तुम्बाहाङ्फे निर्वाचित

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको १४औं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा अर्जुन तुम्बाहाङ्फे निवाचित भएका छन् । सभपतिमा तुम्बाहाङ्फेले ४५० मत पाउँदा प्रतिद्वन्द्वी कमल ढुङ्गानाले २३६ प्राप्त गरे । २१४ मत अन्तरले निर्वाचित भएका तुम्बाहाङ्फेको प्यानल नै निर्वाचित भएको छ ।

उपसभापतिमा मचिन्द्र लिम्बु र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन् । सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे  निर्वाचित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ तुलसी सुब्बा, केदार ढुङगाना, गणेश बिमली, सन्तोष सुब्बा, उद्धव तिम्सीना, अर्जुन माबोहाङ, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, भिष्म थपलिया र हरी डाँगी निर्वाचित भएका छन् । 

त्यस्तै खुला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गीतादेबी तिम्सिना गौतम, सनिसा भेटुवाल, सुशीला खड्का कार्की, शारदादेवी कोइराला निर्वाचित भएका छन् । खुला आदिवासी जनजातिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित भएका छन् । खसआर्य महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित भएका छिन् भने खसआर्य पुरुष केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु शेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित भएका छन् । जिल्लाको कुल ७३३ मतमध्ये ७०६ मत खसेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए । अधिवेशनमा प्रदेश सभा (क)अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ जना गरी चार सय २४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए ।

प्रदेशसभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए । अधिवेशनमा कुल ७३३ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);